जीवनशैली

नेपाल दर्शन समाज कपिलवस्तुको तिज विशेष कार्यक्रम सम्पन्न



कपिलवस्तु ९ भाद्र।
नेपाल दर्शन समाज कपिलवस्तुको तिज मिलन तथा दर खाने कार्यक्रम बुधवार सम्पन्न भएको छ । बुधवार जिल्लाको संस्थाका अध्यक्ष सुस्मा खाँणको अध्यक्षता, ठकुरी महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष सुनिता सेनको प्रमुख आतिथ्यता, संघका केन्द्रिय सदस्य पदम प्रताप सेन, जग्गादाता पवित्रा कुमारी शाही, महानार्थ सदस्यहरु प्रेम बहादुर मल्ल र विरेन्द्र खाँणको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै ठकुरी महासंघका केन्द्रिय कोषाध्यक्ष सुनिता सेनले नजिकिँदै गरेको तिजको शुभकामना ब्यक्त गर्दै तिज पर्व लाई भड्किलो नबनाई सरल रुपमा मनाउन आग्रह गर्नुभएको थियो । तिजमा पछिल्लो समय विभिन्न प्रकारका विकृती मौलाउँदै गएको भन्दै तिजमा हाम्रै मौलिक प्रम्परा लाई स्थन दिनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुस्मा खाँणले तिजको शुभकामना दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । वक्ताहरुले तीज पर्वको महत्व बारे प्रकाश पार्दै तीजको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै खाँणले संस्थाको प्रगती, सस्थाले गरेका कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा मनोरञ्जनात्मक साँगीतिक माहौलमा चेलीबेटीहरु झुमेका थिए । सो कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाईएको थियो भने आमन्त्रित प्रमुख अतिथिलाइ खादा तथा प्रशंसापत्रले सम्मान गरिएको थियो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६