गोरुसिंगे २९ भदौ ।बिधालयमा अध्ययनरत बिधार्थीकालागी एकदिने बितिय साक्षरता कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बडा न. ९ मा रहेको शुद्धोदन जनजिवन माध्यामिक बिधालय जिनुवामा सम्पन्न भएको छ ।कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना बालबालिकालाई एनएमबि बैक बनगाई शाखाको आयोजनामा बैकिग सम्वन्धि प्रशिक्षण दिईएको थियो ।बित्तिय साक्षरता कार्यक्रममा बैकंले प्रदान गरिरहेको बिभिन्न बचत खाताहरुमा बालबचत खाता, स्मार्ट नारी बचत, कर्मचारीहरुकालागि तलव खाता,लगानी कर्ताहरुकालागी लगानी बचत खाता,बैदेसिक रोजगारी वाट आय हुनेहरुका परिवारकालागी रेमिटान्स बचत खाता तथा कर्जा खाताहरुमा बिधार्थीहरुले उच्च शिक्षा अध्ययनकालागी शैक्षिक कर्जा बारेमाजानकारी दिईएको थियो ।
साना तथा मझौला ब्यवसाय संचालनकालागी MSME and SME कृर्षि कर्जा, महिलाहरुले संचालन गरेका ब्यवसाय प्रवर्दनकालागी अनुदानमा आधारीत महिलाकर्जा बारेमाजानकारी दिईएको थियो । विभिन्न सामाजिक माध्यमवाट हुने ठगीवाट बच्ने उपाय सिकाइएको थियो । एनएमबि बैकं सन २०१७ देखीहाल सम्मचार पटक नेपालको उत्कृष्ट अवार्ड जित्न सफल बैकंहो । नेपालमा २०२ शाखामार्फत सबै प्रदेसमा सेवा प्रदान गरिरहेको छ । यस बैकंले गत बर्ष एसियामा उत्कृष्ट बैकंको उपाधिप्राप्त गरेको थियो ।कपिलवस्तुमा यस बैकंका ६ वटा शाखा रहेका छन ।बनगाई शाखाबिगत १० बर्षदेखि स्थानिय स्तरमा रहेको बचतलाई परिचालन गरी स्थानिय ब्यापार लगाएत बिभिन्न किसीमका कर्जा सुबिधा प्रदानगर्दै आईरहेको छ । उक्त बिक्तिय साक्षरता कर्जा शाखा सहायक कमल आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया