कपिलवस्तु
नेकपा (एमाले) पोलिटब्युरो सदस्य बिमला घिमिरेले एमाले पार्टी कपिलवस्तुका ३ वटै क्षेत्रमा प्रतिस्पर्धामा नभई अगाडि नै रहेको दावी गर्नुभएको छ । निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ को बैठकलाई सम्बोधन गर्दै घिमिरेले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले जिल्लाका ३ वटै क्षेत्रमा विजय हाँसिल गर्ने आधार एमाले प्रति देशैभरको जनलहरले प्रमाणित गरेको बताउनुभयो ।
आसन्न निर्वाचनमा एमालेका उम्मेद्वार विकास निर्माणका ठोस योजना सहित जनतासामु पुगेकाले जनताले एमाले नै रोज्ने घिमिरेले बताउनुभएको हो । नेता घिमिरेले एमालेका नितिगत प्रतिवद्धता, सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नका लागि एमालेको आवश्यकता रहेकोमा जोड दिनुभएको हो ।








प्रतिक्रिया