प्रदेश

निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारका कारण अलपत्र



तानसेन १० पुस । पाल्पाको तानसेन नगरपालिका ७ बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । दुई वर्षको अवधिमा सक्नुपर्ने गरी १० बर्सअघि निर्माणको काम सुरु भए पनि हाल सम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
३३ फिट उचाइ ,२६ मिटर लम्बाइ र १४ मिटर चौडाइको २ हजार टन बिउ कृषि उपज तथा फलफूल भण्डारण गर्ने क्षमताको बनाउने भनिएको चिस्यान केन्द्र पाल्पा,गुल्मी,अर्घाखाँची,स्याङ्जा जिल्लाका किसानलाई सेवा दिने लक्ष्य राखेको नगरपालिकाका प्रमुख सतोषलाल श्रेष्ठले बताउनुभयो । आयोजनाका लागि काठमाण्डौं स्थित भारतीय दूतावासले आर्थिक सहयोग गरेर सुरु भएको थियो । निर्माण कम्पनी बहादुर सिंह लामाको हिमदुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेबीले २०६९ फागुन २३ गते ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का पाएका थिए । तर निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको नगरपालिकाका प्राविधिक टिकाराम सोमाइले बताउनुभयो । उनीहरूले पटक पटक गरी पाँच पटक म्याद थप गरे पनि काम अगाडि नबढाउने गरेको सोमाइले बताउनुभयो । सोमाइका अनुसार अहिले पनि म्याद थपको लागि निवेदन परेको छ ।
अहिले सम्म कम्पनीले दुई करोड भुक्तानी पाएको नगरपालिकाले जनाएको छ । यसैबिच चभारतिय दूतावासले चिस्यान केन्द्रको निरीक्षण गरेको छ । दूतावासका दोस्रो सचिव प्रशात सानाले आयोजना पुनः सुरु गर्न आग्रह गरेको नगरपालिकाका सुचना अधिकारी भरत आचार्यले बताउनुभयो । समय सीमा भित्र आयोजना सम्पन्न नगरेको भन्दै नगरपालिकाले निर्माण कम्पनीलाई ४८ लाख जरिवाना तिर्न पत्राचार गरेको छ ।
अहिले नगरपालिकाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिएर पनि आयोजना सम्पन्न गर्ने पक्षमा रहेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । कार्कीले यो आयोजना तानसेन नगरपालिकाको गौरवसँग जोडिएको र पाल्पा कृषिका लागि उर्वर भूमि भएका कारण नयाँ कम्पनीलाई ठेक्का दिएर पनि योजना पुरा गर्ने बताउनुभयो । प्रवक्ता कार्कीले पाल्पाका किसानले सुन्तला,अकबरे खुर्सानी र अदुवा खेती गरी हजारौँ रुपैयाँ आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६