बिकास थापा ,प्रयास पोख्रेल
कपिलवस्तु ११ पौष ।
प्रतिनिधि सभाका समानुपातिक सांसद सिराज अहमद फारुकीले समुदायको बिकास लागि आवाज उठाउने गरि सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद फारुकीले चोक चोकमा बसेर सामाजिक सञ्जालमा अनावश्यक बिषयहरुको स्टाटस राख्ने ,समय बिताउने कामलाई हटाउन अपिल गर्नुभएको छ । कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबासीले राखेको सम्मान कार्यक्रममा बोल्दै सांसद फारुकीले छोरीहरुको शिक्षामा बिशेष चासो दिन समेत अभिभावकहरुलाई सुझाब दिनुभयो ।
उहाले काम गर्ने प्रतिबद्धता भन्दा पनि श्रोत साधन र कार्यकालमा आवश्यक कामहरु गर्ने प्रयास सधैब जारी राख्ने बताउनुभयो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेशका पर्यटन तथा ग्रामिण सहरी बिकास राज्यमन्त्री रिना नेपालले जिल्लाका पर्यटकीय स्थलहरुको संरक्षण सम्बद्र्धनका लागि काम गर्दै आएको र केही अधुरा योजनाहरुलाई पूरा गर्ने चरणमा रहेको बताउनुभयो । उहाले आफ्नो कार्यकाल सकिन लागेको जानकारी गराउदै सिमान्तकृत , महिला बालबालिकाका क्षेत्रमा उनीहरुको जिवनस्तर माथि उकास्ने गरि अघि बढेको भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै मुश्लिम आयोग नेपालका सदस्य एवम कृष्णनगर लक्ष्मीनगर स्थित मदरसाका अध्यक्ष मिर्जा अरशद बेगले यस क्षेत्रको बिकासका लागि बिशेष चासोका साथ आफु पनि लाग्ने र निर्वाचित सांसदलाई पनि लाग्न सुझाब दिनुभयो । यहाका मदरसा ,समाधिस्थल,मठ मन्दिरको संरक्षणमा जुटन सबैमा अपिल पनि गर्नुभयो ।
कार्यक्रममा स्वा. मुफ्ती अतिकुरेहमान खाँ बाबा ए मिल्लतको मजार समाधिस्थमा श्रद्धाले चादर समेत चढाईएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन बिभाग प्रमुख सहितको टोली पनि सहभागि रहेको थियो । सांसद ,मन्त्री र पर्यटन बिभागको टिमलाई मुश्लिम आयोग नेपालका सदस्य बेगले यस क्षेत्रका समाधिस्थल र पर्यटकीय स्थलहरुको पनि अवलोकन गराउनुभएको थियो ।
प्रतिक्रिया