ब्रेकिंग न्युज

संकटउन्मुख अर्थतन्त्रलाई सुधार्ने बिष्णु पौडेलका यस्ता छन योजना



काठमाडौं, पुस ११ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विज्ञको सुझावमा अर्थतन्त्र सुधार्ने अठोट गर्नुभएको छ । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हाल्दै पौडेलले यस्तो अठोट गर्नुभएको हो ।पदभार ग्रहण गर्दै उहाँले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्याउने प्रतिबद्धता जनाउनु भयो । अर्थ मन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका कामकारबाहीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा उहाँले हस्ताक्षर गर्नुभएको छ । अहिले अर्थतन्त्रमा चुनौतीहरु धेरै रहेको उल्लेख गर्दै उहाँले आफूले अर्थजगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्नतिर लाग्ने प्रतिबद्धता जनाउनु भएको हो ।

‘बिग्रदो अर्थतन्त्रका सम्बन्धमा विज्ञहरुसँग परामर्श गरेर समाधान गर्ने दिशातिर लाग्नेछु, समस्या काबुबाहिर छैनन, म सबैलाई विश्वस्त हुन आग्रह गर्छु कि अर्थतन्त्र सुधारमा नै मेरो प्रमुख ध्यान रहनेछ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो । चालु खर्चको सीमालाई कम गर्ने दिशातिर उन्मुख हुँदै स्रोत व्यवस्थापनतिर लाग्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भएको छ ।

उहाँले पहिले समस्याको लिस्ट तयार गरेर समाधानका लागि विज्ञहरूबाट राय लिने योजना सुनाउनु भयो । पौडेलले समस्या समाधानमा सवैको सहयोग लिन आफू कत्ति पनि नचुक्नेसमेत बताउनु भएको छ । एमाले उपाध्यक्ष पौडेलले इमान्दारपुर्वक प्रयाश गरेर मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यमा सफल हुने बिश्वाससहित काम अघि बढाउने समेत बताउनु भएको छ ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६