प्रदेश

माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्छः नेकपा



कपिलवस्तु, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुले शिवगढिमा आयोजित १३०औँ माओ दिवस भव्य रुपमा सम्पन्न भएको छ । दिवस समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ती गर्न सबै कम्युनिष्ट एक जुट हुन आग्रह गर्नुभको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दुख दिएकाले बालेन विरुद्ध सडकमा उर्त्रीन निर्देशन दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष रिसि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नु पर्ने बताउनु भयो । माओसेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्ने अध्यक्ष कट्टेलले बताउनु भयो ।

उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्याइ उनिहरुको स्तरअघि बढाउन माओका विचार अनुसार लाग्नु पर्ने बताउनु भयो । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६