काठमाण्डौं, १३ पुस ।
काठमाण्डौंको प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा विद्यार्थी बीच खुकुरी हानाहान भएको छ । स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।








प्रतिक्रिया