प्रदेश

कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी गुरुहरूको नृत्य



कपिलवस्तु, १६ पुस ।

कपिलवस्तुको प्राचीन एवं ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी बौद्ध धर्मगुरुहरुले नृत्य प्रदर्शन गरेका छन् । गौतम बुद्धले २९ वर्ष युवापन व्यतीत गरेका थिए जुन उहाँका पिता शाक्य राजा शुध्दोधनका दरबार स्थलमा भुटानबाट आएको ६७ बौध्द धर्मावलम्बीहरुले शुक्रवार धार्मिक नृत्य र वृद्ध मन्त्रोच्चारण गरी नृत्य गर्नुभएको थियो ।

यस समूहमा वृद्ध ८८ वर्ष की फुमा जुन भुटानको बौध्द धर्मावलम्बीहरुको गुरुआमा हुनुहुन्थ्यो उहाँ मन्त्रोच्चारण गरेपछि अन्य भक्तजनहरू तिलौराकोटको वनमा धार्मिक नृत्य गरेका थिए। ८८ वर्षीय बौध्द धर्मावलम्बीको गुरुआमा पहिलो पटक गौतमबुद्ध बसेको ठाउँमा आउन पाउँदा अत्यन्तै खुसी भएको गुरुहरूले बताएका थिए ।

यी भक्तजनहरू ३ वटा बस रिजर्भ गरेर भुटानबाट आएर कपिलवस्तुको गोटिहवा, निग्लिहवा, कुदान, तिलौराकोट आदि स्थानमा धार्मिक मन्त्रोच्चारण गरेका थिए।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६