काठमाण्डौ, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।आज आइतवार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति रहेको छ । यसअघि पोखरा क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ ।








प्रतिक्रिया