बाबुराम रायमाझी
जितपुर १९ पुस ।वाणगंगा नगर पालिकाको आयोजना तथा सुरक्षित आप्रबाशन (सामी) कार्यक्रमले बाणगंगा नगर पालिका स्थानीय तह आप्रबाशन प्रोफाइल तयारी सम्बन्धि २ दिने तालीम नगरको सभा हलमा सम्पन्न गरेको छ ।स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने भए सहि सूचना लिएर सीप सिकेर मात्र जाओे भन्ने उदेश्यमाथी लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक पंचराम चौधरी र (सामी) कार्यक्रमका जि आउल हकले प्राबिधिक सम्बन्धि प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा नगर प्रमुख चक्र्पाणि अर्यालले आप्रबाशन (सामी कार्यक्रम अन्तर्गत सो तालीम संचालन भएको बताउदै नगरबाट बिदेश गएका, फर्केका , मृत्यु भएका,अंगभंग भएका,अध्ययन गर्न गएकाको संख्या पत्ता लगाउन नगरबासिको तथ्यांक शंकलन गर्न गणकहरुलाइ सहज हुने कुरा प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले बताए ।कार्यक्रममा सहभागीबाट बाबुराम रायमाझी,वडा अध्यक्ष बिस्नु गिरिले तालीमबाट सिकेका कुरा नगरमा सहि तथ्यांक संकलनमा सहयोग पुग्ने कुरा बताएका थिए ।
कार्यक्रम बित्तीय साक्षरता गोमा घिमिरे ,शिक्षा शाखा प्रमुख खिम बहादुर जि सिको सहजीकरणमा भएको थियो ।करिब १ महिना भित्र नगर पालिकाका ११ वटा वडमागणकहरुबाट तथ्यांक शंकलन गर्ने काम हुनेछ ।सो कार्यक्रम सुरक्षित आप्रबाशन (सामी) कार्यक्रम र नेपाल सरकार र स्वीस सरकारको द्विपक्षिय सम्झौता अन्तर्गत संचालन भएको वाणगंगा नगर पालिकाले जनाएको छ।
प्रतिक्रिया