ब्रेकिंग न्युज

आगलागीबाट उदयपुरमा दुई घर जले



उदयपुर १८ पुस ।  उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुचीमा सोमबार दिउँसो आगलागीबाट दुई घर जलेको छ।मुर्कुचीका सत्रुधन थापाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ, तथा गोठमा रहेको काठ, पराल जल्दा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ।उक्त आगो नजिकै रहेको भरत थापाको इँटाले बनेको, टिनको छानो भएको दुई तले घरमा फैलिएको थियो।थापाको घर आंशिक रूपमा जलेको र घरमा रहेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, घरमा भण्डार गरी राखेको धसिग्रेको तेल गरी करिब ७५ लाख रुपैयाँको क्षति पुगेको छ।आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६