प्रदेश

विपन्न परीवारले जाडो कथरी र पोछराको भरमा गुजार्दै



कपिलवस्तु १९ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अमिरुन निशा जाडो सुरु भएपछि राम्रोसँग निदाउन पाउनुभएको छैन । सुत्केरी हुने दिन नजिक आउँदैछ । चिसोले गर्दा कुनै बेला आगो ताप्ने र तातो भएपछि बिस्तारामा जाने गर्नुभएको छ । घरमा दुई जना बच्चा छन्, चार जनाको परिवार भए पनि ओढ्ने एउटा मात्रै छ । बच्चालाई ओढाउनेकि आफूले ओढ्ने निशाको दुखेसो छ ।
निशाको छिमेकमा रहेका थप चार घरको समस्या एउटै छ । जाडोयाम कथरी र पोछराको भरमा कटाउनुपर्ने बाध्यता रहेको रिजवान अलि मुसलमानको भनाइ छ । विपन्न समुदायसँग चिसोबाट जोगाउने ओछ्यान नहुँदा कपडाको पल्लाभित्र पराल राखेर पोछरा बनाएर प्रयोग गर्छन् । उहाँहरूसँग सिरक व्लाङ्केट खरिद गर्न पैसा नहुँदा पुराना च्यातिएका साडी, लुगाफाटा राखेर कथरी ९ओढ्नको लागि प्रयोग हुने कपडा० बनाउने गर्छन् ।
सो वडाको कोटिहवाका केवट समुदाय न्यानो लुगा नहुँदा समस्या खेप्दैआएका छन् । स्थानीय सरकारले विपन्नलाई चासो नदिने जगदीश केवटले बताउनुभयो । “विपन्नको नाममा दुई वर्ष अगाडि वृद्ध आमालाई एउटा सिरक दिइएको थियो । त्यो पनि पुरानो भएर झुत्रो परेको छ । बालबालिकाले अहिलेसम्म जुत्ता र मोजा लगाएका छैनन् । चप्पलको फित्ता टुटेर रसीले बाँधेका छन् । झ्याल ढोका नभएको हुँदा त्रिपाल लगाएर सुत्ने गरेका छौं” केवटले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले चिसोबाट विपन्न परिवारलाई जोगाउन करिब १ साता अगाडि योजना बनाउने निर्णय गरेको थियो । पालिकाहरूसँग बजेट हुने भएकाले पालिकालाई थप जिम्मेवार बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको छैन । अघिल्लो वर्षसम्म चिसोबाट जोगाउन सिरक कम्बल बाँड्ने काम गरेका जनप्रतिनिधि यस पटकको जाडोमा कुनै चासो नदिएको सामाजिक अभियन्ता गोपीकृष्ण शर्माले बताउनुभयो । शर्मा चिसोबाट जोगाउन विपन्न बालबालिकालाई एक जोर जोर जुत्ता र दुई जोर मोजा अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६