तुलसीपुर १९ पुष । बैंकले जथाभावी व्याजदर वृद्धि गरेको विरोधमा तुलसीपुरमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा दबाब श्रृजना गर्न बजारमा हस्ताक्षर संकलन अभियान सुरुवात गरिएको हो । बैकले ब्याजदर जथाभावी बृद्दि गरेको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले निरन्तर बिरोध जनाउँदै आएको छ ।
आज पहिलो दिन तुलसीपुरमा एक हजार बढीको हस्ताक्षर संकलन भएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले जानकारी दिए । महासचिव केसीकाअनुसार हस्ताक्षर संकलन कार्यक्रम बुधबारसम्म जिल्लाका सबै उद्योग वाणिज्य संघको पहलमा हुनेछ । तीन दिनसम्म संकलन भएको हस्ताक्षर आफुहरुले नेपाल उद्योग वाणिज्य महासंघमा बुझाउने र महासंघले राष्ट्रिय वाणिज्य बैंकमा बुझाउने कार्यक्रम रहेको केसीले बताए ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र अर्थ मन्त्रीबीच व्याजदर बृद्धिको कारण भइरहेको विरोध र समस्या समाधानको विषयमा छलफल भएकाले हस्ताक्षर संकलन पछि १०÷१५ दिनसम्म विरोधका कार्यक्रम स्थगित गर्ने केसीले जानकारी दिए । यसअवधिमा समस्या समाधान नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।
१९ पुस २०७९, मंगलबार
प्रतिक्रिया