कपिलवस्तु, २० पुस । शीतलहरसँगैँ अत्यधिक चिसो बढेपछि कपिलवस्तुमा बाणगंगा बाहेक अन्य पलिकाका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । बाणगंगा नगरपालिकाले भने विहिवार देखि परिक्षा सञ्चालन गर्ने भएको छ । परिक्षा पछि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय बन्द हुने बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जि।सि।ले बताए । उनले भने ‘परिक्षा एक दुई घण्टा चल्छ परिक्षा पछि विद्यार्थी हरु घरमै बसेर पढ्ने हो ।’ यस्तै बुद्धभुमी नगरपालिका, र कृष्णनगर नगरपालिकाले जाडो विदाको सुचना अझैसम्म निकालेका छैनन् ।
यस्तै कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा र विजयनगर गाउँपालिकाले बिद्यालय बन्द गरेका छन् । शिवराज नगरपालिकाले १४ दिनका लागि सबै विद्यालयमा बिदा दिएको छ । शिवराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पूर्ण विश्वकर्माले नगरभित्रका सबै सामुदायिक विद्यालय आगामी माघ आठ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए । यस्तै कपिलवस्तु नगरपालिकामा आठ दिन, महाराजगञ्ज नगरपालिकामा १२ दिन, मायादेवी गाउँपालिकामा आठ दिन, यशोधरा गाउँपालिकामा आठ दिन, विजयनगर गाउँपालिकामा सात दिन तथा शुद्धोधन गाउँपालिकाका विद्यालयमा नौ दिन बिदा दिइएको छ ।
प्रतिक्रिया