प्रदेश

अर्घाखाँचीको शितगंगा १४ बाट ५ किलो गांजा सहित एक जना पक्राउ



अर्घाखाँची, २१ पुस । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी तल्ला गाउँमा लागु औषध (गांजा) कारोवार भई रहेको छ भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलिले न्यौपानेको घरमा खानतलासि गर्दा ५ किलोग्राम लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ सहित न्यौपानेलेलाई नियन्त्रणमा लिएको थियो । न्यौपानेलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६