प्रदेश

प्रदेशका अधुरा योजनालाई बजेट अभाव



बाँके २३ पुस । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा प्रदेश सरकारको सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत मानखोला मन्दिरदेखि सूर्योदय माविसम्म पक्की सडक निर्माणका लागि गत आर्थिक वर्ष २०७८र७९ मा ४० लाख रुपियाँ बजेट विनियोजन भयो।
३० लाख ५७ हजार रुपियाँमा ठेक्का सम्झौता भयो। आर्थिक वर्षको अन्त्यतिर योजना सुरु भएका कारण सो वर्ष सानो कल्भर्ट र ग्राभेलको काम मात्रै भयो। हालसम्म १५ लाख ९३ रुपियाँ भुक्तानी पनि भएको छ। तर, योजना अलपत्र भएका कारण स्थानीय बासिन्दा कहिले निर्माण कम्पनी त कहिले जनप्रतिनिधि कहाँ धाइरहँदा समेत थप काम सुरु हुन सकेको छैन।
सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख गोविन्दबहादुर महतारा क्षेत्रीले गत वर्ष निर्माण सुरु भएका आठवटा योजनाका लागि आर्थिक वर्ष २०७९र८० मा थप बजेट विनियोजन नभएको जानकारी दिनुभयो।
“कहिलेदेखि काम सुरु हुन्छ भन्दै स्थानीय बासिन्दा सम्पर्कमा आइरहनुभएको छ,” सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख महताराले भन्नुभयो, बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई काम अघि बढाउन पनि निर्देशन दिने अवस्था छैन।
सडक पूर्वाधार विकास कार्यालयका अनुसार नेपालगञ्ज उप–महानगरपालिका ४ र ५ को सीमाना सब्बीर अन्सारीको घरदेखि दीपा थापाको घरसम्म नाली र पीसीसी सडक निर्माण, डुडुवा–५ को पिचबाटोदेखि कम्दी–बालापुर गाउँभित्रको सडक स्तरोन्नतिको काम हुन सकेको छैन।
त्यसैगरी डुडुवा–३ को मेनरोडदेखि लल्लन यादवको घर हुँदै सहेबदिन यादवको घरसम्म स्तरोन्नति, बैजनाथ–३, सल्यानी गाउँ शान्ति टोलदेखि कक्रवा नालामा कल्भर्ट निर्माण, माईगाउँ मनिकापुर गाउँको पीसीसी तथा नाली निर्माण नेपालगञ्ज उपमहानगरपालिका–२० को योजना अधुरो भए पनि यस वर्ष बजेट विनियोजन भएको छैन।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६