प्रदेश

दाना उत्पादन गर्दै कुखुरा विकास फार्म



नेपालगञ्ज २३ पुस । बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा अन्डा उत्पादन गर्ने माउ०का लागि दाना उत्पादन सुरु गरेको हो ।
यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।
फार्मले कार्यालय परिसरमै दाना मिल स्थापना गरी मास कुखुराको दाना उत्पादन गर्ने दुई प्लान्टले प्रतिघण्टा छ टन दाना उत्पादन गर्दै आएको छ । एउटा क्याटल ९गाईबस्तुको० दाना उत्पादन गर्न र अर्को कुखुराका लागि दाना बनाउन मिलको प्रयोग गरिएको फार्म प्रबन्धक डा न्यौपानेले बताउनुभयो ।
एउटा दाना मेसिनबाट आमकिसानका लागि दाना बनाउने कार्य गरिएको र अर्कोबाट फार्मकै लागि दाना बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।
कुखुरा विकास फार्म खजुरामा हाल प्रतिदिन १० क्विन्टल दाना खपत हुँदै आएको छ । बाहिरबाट दाना किन्नुभन्दा फार्ममै रहेको मिलबाट दाना बनाउँदा गुणस्तरीय दाना उत्पादनका साथै प्रतिकिलो १० देखि १५ रुपियाँ सस्तो पर्ने फार्म प्रबन्धक डा। न्यौपानेको भनाइ छ ।
फार्ममा दाना उत्पादन सुरु गरिएपछि मौसमअनुसार आवश्यक मात्रामा उत्पादन गरेर राख्न सकिने हुँदा पनि यसको प्रत्यक्ष प्रभाव कुखुराको उत्पादनमा देखिएकाले उत्पादन वृद्धि भएको फार्मका योजना अधिकृत कर्मध्वज छन्त्यालले जनाउनुभयो । दाना मिल आफ्नै हुँदा अन्डा उत्पादन बढ्नुका साथै कुुखुरामा लाग्ने लागत कम हुने देखिएको योजना अधिकृत छत्यालले बताउनुभयो ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६