प्रदेश

थारु कला संस्कृतिको संरक्षण भएन : मन्त्री चौधरी



घोराही २३ पुस । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।
महोत्सवको उदघाटन गर्दै मन्त्री चौधरीले थारु जाती कला संस्कृतिमा धनी भए पनि संरक्षण हुन नसकेको बताउनुभयो । ‘थारुको आफनै कला संस्कृति छन । तर त्यसको सरक्षण र विकास र प्रचार भएको छैन’, मन्त्री चौधरीले भन्नुभयो, ‘राज्यका तीनवटै सरकारले यसको संरक्षण र विकासमा योजना बनाएर काम गर्ने समय आएको छ ।’ भाषा र अधिकार स्थापितको लागि सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
महोत्सवले थारुहरुको कला, संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । माघी थारु समुदायको नयाँ बर्ष भएको भन्दै मन्त्री चौधरीले नयाँ बर्षलाई हर्षउल्लासँगै बर्षभरी गर्ने काम र योजनाका बारेमा छलफल हुने बताउनुभयो । मन्त्री चौधरीले कला संस्कृतिमा देखिएका विकृतीहरु हटाउदै नयाँपुस्ता अगाडि वढनुपर्ने बताउनुभयो ।
घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना गरिएको महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषासहित हलोजुवा, छिट्वा, गैजा, ढकिया, डेल्वा, बन्ठि, छट्री, हेल्का डेल्लासहित घोराहीको मुख्यबजारमा परिक्रमा गरिएको थियो । महोत्सवको दोस्रो दिन थारु समुदायसँग सम्वन्धित पाँच दर्जनभन्दा बढी मघौटा, छोक्रा, हुर्डुङ्या नाच र स्थानीय कलाकारसहितको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६