प्रदेश

सैनामैनामा आगो ताप्ने बहाना पारी बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवा पक्राउ



बुटवल, २३ पुस । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोजेको आरोपमा सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएकी थिइन् । सो बारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६