जीवनशैली

कपिलवस्तुमा गुइँठाको प्रयोग बढ्दै



तौलिहवा २४ पुस । कपिलवस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि परम्परागत रूपमा गुइँठाको प्रयोग बढ्दै गएको छ। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्। कपिलवस्तु नगरपालिका–६, थुम्हवाकी आनारा यादव जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन व्यस्त हुनुहुन्छ। गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिन्छ।
थुम्हवाकी यादवजस्तै त्यस क्षेत्रका अन्य गृहिणीको दिनचर्या पनि गोठबाट गोबर सङ्कलन गरेर गुइँठा बनाउन बित्ने गरेको छ। यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको दिनचर्या गोबर सङ्कलन गर्ने र गोबरमा भुस तथा पराल राखेर त्यसलाई सुकाएपछि गुइँठा तयार पार्नमा बित्ने गरेको छ।
दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु आफ्नो बाध्यता भएको स्थानीय मेरु धोबीले बताउनुभयो। उहाँले सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो।
प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबरको मल बनाउन भने समस्या भएको छ। खेतबारीमा रासायनिक मलको माग बढ्न थालेको स्थानीय बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ। भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोगले च्याप्ने भनाइ स्वास्थ्यकर्मीको छ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६