प्रदेश

जसपाका सरोज यादव भए मधेश प्रदेशको मुख्यमन्त्री




काठमाण्डौं, २७ पुस ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रमुख मिश्रले पुस २८ गते अपरान्ह ४ बजेसम्मको समय तोकेका थिए । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

उनी २०७४ सालमा तत्तकालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै बसेका थिए ।

उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६