प्रदेश

मन्त्रीमण्डल विस्तारको तयारीमा लुम्बिनी प्रदेश, कपिलवस्तुका सांसदको के छ सम्भावना ?



कपिलवस्तु, २८ पुस ।
नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ ग्रहणसंगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । बुधवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका गिरीको बिहीवार दिउँसो प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी छ । नयाँ गठन हुने मन्त्रिपरिषदका सदस्यहरुले मुख्यमन्त्रीको सपथ ग्रहण लगत्तै सपथग्रहण गर्ने तयारी गरिएको छ ।

बिहीवार मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जोख बहादुर महरा सहित नेकपा (एमाले)का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल र चेतनारायण आचार्यलाई मन्त्री बनाउने टुंगो लागि सकेको बुझिएको छ । अरु साना दलहरुले नाम दिए बिहीबार नै थप १ जना सदस्य थपेर ५ सदस्यीय मन्त्रिमण्डल बन्ने छ ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्रीका दाबेदार रहेका महराले आन्तरिक मामिला तथा कानून मन्त्री, भूमिश्वर ढकालले भौतिक पूर्वाधार तथा चेतनारायण आचार्यले ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा पदभार सम्हाल्ने बताइएको छ । तर माओवादी केन्द्रले अर्थमन्त्रीमा दावी गरि रहेका कारण अन्तिम टुंगो नलागेको पार्टीहरुको संयुक्त बैठकमा सहभागी एक सदस्यले बताए ।

यता गिरीले बनाउन आटेको मन्त्रीमण्डलमा कपिलवस्तु नसमेटिने सम्भावना छ । धेरै दल र सानो आकारको मन्त्रीमण्डल विस्तारको तयारीले कपिलवस्तु मन्त्रीविहिन हुने सम्भावना देखिन्छ । जिल्लाबाट विष्णु पन्थी र अर्जुन केसी मन्त्री बन्ने लाइनमा छन् । पन्थी प्रदेशकै प्रभावशाली नेता मानिन्छन् । ०७४ मा समेत प्रदेश सदस्य बनेका पन्थी अघिल्लो कार्यकालमा मन्त्री हुन सकेनन् । यो पटक मन्त्री हुने आशा गरिए पनि मन्त्री हुने सम्भावना कमजोर देखिन्छ । सामाजिक सञ्जालमा कपिलवस्तुले मन्त्री नपाउने देखेपछि एमाले कार्यकर्ताले पार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६