प्रदेश

जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरे




बुटवल, २५ मंसिर । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।

महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । ‘मन्त्रालयको टुंगो नलागी दलको नेताले विना विभागीय मन्त्रीको सपथ लिँदा राम्रो म्यासेज जाँदैन भनेर कृष्णा केसीलाई पठाउने निर्णय भएको छ’, बरालले भने ।

नेता महरा मुख्यमन्त्रीको दाबेदार थिए । एमालेबाट दलका उपनेता चेतनारायण आचार्यले मन्त्रीको शपथ लिने उक्त पार्टीको संसदीय दलका एक सांसदले बताए ।

माओवादी केन्द्रलाई समेटेर आज सानो आकारको मन्त्रिपरिषद् बनाउने र बाँकी दलहरुसँग छलफल गरेर विस्तार गर्ने मुख्यमन्त्री लिला गिरी निकटका एक नेताले बताए ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६