प्रदेश

बुद्धभूमि नगरपालिकाको हिउँदे अधिवेशन, तीन बिधेयक पारित




कपिलवस्तु, २८ पुस ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वन बिधेयक जारी गरेको छ । बिहीबार सम्पन्न नगरको १२ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट वन बिधेयक जारी गरिएको हो । नगर क्षेत्र भित्र रहेका वनहरुलाई ब्यवस्थित बनाउनका लागि बिधेयक जारी गरिको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । नगरमा सामुदायिक वन ६५ ओटा रहेका छन् भने साझेदारी वन दुई ओटा रहेका छन् ।

संबिधानले स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गरि वन बिधेयक जारी गरिको नगर प्रमुख श्रेष्ठले बताए ।बुद्धभूमिमा रहेका वनहरु बलियो अर्थतन्त्रको आधार हुन् । नगरपालिकाले यी वनहरुको स्रोतलाई ब्यवस्थित पार्न लागेको हो ।यस्तै नगर सभाले खानेपानी तथा सरसफाइ बिधेयक-२०७९ र स्थानीय पाठ्यक्रम-२०७९ सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगरका बिधेयक समितिका संयोजक सन्दीप पाण्डेले सभामा बिधेयक प्रस्तुत गरेका थिए । सभामा पेश भएका बिधेयक सर्वसम्मत रुपमा पारित भएका हुन् । नगरसभाले कतिपय चालू योजना थपघट गरेको छ । साथै चालू आवमा हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो ।

नगर उप-प्रमुख मीरा थारुले नगरसभामा चालू आवमा न्यायिक समितिको अवस्था प्रस्तुत गरेकी थिइन् । बुद्धभूमि चालू आवमा १४ मुद्धा आएका र त्यसमा दुई मुद्धा फर्छौट भएको थारुले जानकारी गराएकी थिइन् ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६