प्रदेश

नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता हुँदैनः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाण्डौ, २९ पुस । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

आज काठमाण्डौका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरि नागरिकका समस्या समाधान गर्ने काममा लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले धेरै सडक बेहाल बनाएका छन् ? उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नराम्रो गर्ने जो कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको बताउनुभयो ।

प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले त्यसैअनुसार काम हुने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनुभयो । सरकारलाई भत्किएका र खाल्डा परेका सडक राखिराख्ने छुट अब नरहेको पनि उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदल यात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले देशको राजधानी काठमाण्डौका सडकको दुरावस्था हुनु राम्रो नभएको बताउनुभयो । उहाँले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताउनु भयो ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६