कपिलवस्तु, २ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ९ चौहवामा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको छ । बाणगंगामा आज सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर विस्फोट हुदाँ बाणगंगा न.पा. ८ सिसेनि बस्ने अन्दाजी ६५ बर्षीय नासिद अहमद पाखियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतक बुवा र घाईते छोरा रहेको प्रहरीको भनाई छ । घटनाका कारण माघी महोत्सब पनि अस्तब्यस्त भएको छ । थप विवरण आउन बाँकि रहेको छ ।
२ माघ २०७९, सोमबार
प्रतिक्रिया