प्रदेश

कपिलवस्तुको शिवराजमा छोराले गरे बुवाको हत्या



कपिलवस्तु, १० फागुन । शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान पासी आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा घटनास्थल शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा बर्ष ३० को मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख कपिल जगं साहिले जानकारी दिनुभयो ।

मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतिलाइ नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको हुन सक्ने प्रहरी अनुसन्धानवाट खुलेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख साहिले जानकारी दिनुभयो ।

घटनाबारे अर्को दिन बिहान ८ बजे मात्र प्रहरीलाइ सुचनापुगेको र प्रहरीले घटनास्थलबाट आबश्यक सबुद प्रमाणहरु बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६