प्रदेश

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुको अध्यक्षमा शर्मा



कपिलबस्तु, १३ फागुन ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), कपिलबस्तुको बिस्तारित बैठकले संगठनको नयाँ नेतृत्व चयन समेत गरेको छ । शनिबार बसेको वैठकले नयाँ नेतृत्व चयन गरेको हो । वैठकले रमाकान्त शर्मा अध्यक्ष रहने गरि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुको जिल्ला कार्यसमिति उपाध्यक्षमा निराजन कडरिया र सन्देश पन्थी, सचिवमा बालकृष्ण बरई, कोषाध्यक्षमा बैतुल्लाह धुनिया चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा ओमप्रकाश बिक, बिपिन भट्टराई, बासुदेव यादव चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुका अध्यक्ष रमाकान्त शर्माले जानकारी दिए । बैठकले तत्काल अवस्थामा ८ सदस्यीय समिती गठन गरिएको जनाइएको छ । बाँकी ३ जना सदस्यलाई मनोनित गरिने गरिने समेत शर्माले बताए ।

वैठकले सर्वसम्मत रुपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि, केन्द्रिय महाधिवेशन पर्यवेक्षक र प्रदेश प्रतिनिधि र प्रदेश पर्यवेक्षक चयन गरेको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकमा रमाकान्त शर्मा, गणेश बहादुर अयेबी, प्रेम पौडेल, बालकृष्ण बरई, निराजन कडरिया र सन्देश पन्थी चयन गरिएको उनले बताए ।

नवनिर्वाचित अध्यक्ष शर्माले कर्मचारीको पेशागत हकहितका लागि संगठनका तर्फबाट आफूले दृढताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संगठनका सबै सदस्यको भावना अनुसार संगठनलाई अगाडि बढाइने बताए ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द कपिलबस्तुका इन्चार्ज चुँदालीले सांगठनिक रुपमा एकताबद्ध र अनुशासित भएर अघि बढ्न सुझाव दिए । जिल्ला संयोजक बेल्बासेले कर्मचारीको पेशागत अधिकार, समस्या पहिचान र समाधानका लागी माओवादी केन्द्र प्रतिबद्ध रहेको उल्लेख गरे । कर्मचारीको उचित ब्यबस्थापनका लागी प्रक्रियागत र नीतिगत रुपमा काम गर्न सरकारसंग माग समेत उनले माग गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) प्रदेश सचिव कमलराज ओली, नेकपा माओवादी केन्द्रका मजदुर संगठनका प्रतिनिधि नन्दकिशोर हरिजन, स्वास्थ्य महासंघका केन्द्रिय सदस्य हरिराम चौधरी, युवानेता एबी ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६