ब्रेकिंग न्युज

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु विक



कपिलवस्तु ।

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन भएका छन् । आज शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

जसको महिला उपाध्यक्षमा दिपिका वि.क., उपाध्यक्षमा धनिराम कोरी, सचिवमा सागर वि.क., कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज वि.क. चयन भएका छन् भने सदस्यहरुमा अंशु ढकाल वि.क., प्रमोद हरिजन र सेम्ला वि.क. चयन भएका हुन् ।

नवनिर्वाचित कार्यसमतिले अब जिल्लामा दलित पत्रकारलाई एकतावद्ध गराई दलित समुदायका मुद्धालाई शसक्त रुपमा उठान गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शम्भु वि.क.ले बताए ।

प्रकाशित : १३ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६