प्रदेश

राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं, १४ फागुन । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी राष्ट्रिय सभालाई जानकारी गराउन लागिएको हो ।

यसैगरी आजको सम्भावित दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्नेछिन् ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची पनि रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६