प्रदेश

स्ववियू चुनावमा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने



काठमाडौं, १५ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ। सोमबार बाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले तालमेलको घोषणा गरेका हुन् ।

उनीहरुबीच चैत ५ मा त्रिभुव विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियू चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६