प्रदेश

वामदेव गौतम र एमाले अध्यक्ष ओलि बिच भेटवार्ता



काठमाडौं, १७ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई उनकै निवास भैँसेपाटी पुगेर भेटवार्ता गरेका छन्। भेटमा पछिल्लो समसामयिक राजनीतिक गतिविधि र राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको छ।

अध्यक्ष ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए। राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदै छ। राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ उम्मेदवार छन्।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६