प्रदेश

सिद्वार्थ गौतम बुद्ध क्याम्पसमा तालाबन्दी



बुटवल, १९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंटौले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ बजेसम्म थियो । २ बजे अगाडि नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैंटौका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६