प्रदेश

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएका औषधि वितरण



बुटवल, २२ फागुन। गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएको पाइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा शनिबार वितरण गरिएको औषधि म्याद गुज्रिएको पाइएको हो ।

बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको प्रयोग अवधि गुज्रिएको पाइएको हो ।

अगस्ट २०२१ मा उत्पादन मिति रहेको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म रहे पनि शिविरमा अहिले वितरण भएको हो । चौराहा अस्पतालका निर्देशक विरु भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिविरमा म्याद गुज्रिएको औषधि वितरण गर्नु गलत भएको बताए । उक्त विषयमा छानबिन गर्न नगरपालिकालाई आफूले निर्देशन दिएको उनले बताए । साभार रातोपाटी

प्रकाशित : २२ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६