जीवनशैली

रोजगारी सिर्जनाका लागि बाणगंगामा सरसफाई समग्री उत्पादन तालिम



कपिलवस्तु, २३ फागुन ।
कपिलवस्तुको बाणगंगाका रोजगारी सिर्जनाका लागि सरसफाई समग्री उत्पादन तालिम संचालनमा आएको छ । बाणगंगा नगरपालिका भित्रका बिपन्न, अल्पसंख्यक, बेरोजगार, युवा युवतीलाई लक्षित गरेर यस्तो तालिमको संचालन गरिएको हो । सरसफाई अन्र्तगत फिनेल,हर्पिक तथा कोलिन उत्पादन तथा व्यवस्थापन कसरि गर्ने भन्ने विषयमा सिकाईहुने छ ।

घरेलु तथा सानाउद्योग महासंघ कपिलवस्तु र बाणगङा नगरपालिकाको सहकार्य तथा सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र युवा परिषद नेपालको प्राबिधिक सहयोगमा उक्त तालिमको संचालन गरिएको बताईएको छ । स्वास्थ सरसफाइमा आधारित १५ दिने निःशुल्क तालिम सिनर्जी बहुउद्देश्यीय सहकारीको सभाहलमा सोमवार देखि संचालनमा आएको छ ।


तालिममा घरेलु तथा साना उधोग महासंघ बाणगंगाकी अध्यक्ष फुल कुमारी श्रेष्ठको अध्यक्षता, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, घरेलु तथा साना उधोग महासंघका प्रदेश कोषाध्यक्ष लक्ष्मण बेल्बासेको विशिष्ट आतिथ्यता, राष्ट्रीय सहकारी बिकाश केन्द्रका कार्यकारी सदस्य एबम तालीम बिज्ञ श्री सन्दीप सापकोटाको आतिथ्यथामा शुभारम्भ भएको तालिमको संचालन सस्थाका महासचिव रबिन्द्र पौडेलले गरेका थिए । तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६