ब्रेकिंग न्युज

कपिलवस्तुकालागि खुशीको क्षण: बिश्वकै अग्लो बुद्धमुर्ति र पार्क बनाउन सहमति पत्रमा हस्ताक्षर

२४५ मिटर अग्लो बुद्धमूर्ति बन्नेछ जगदिशपुर क्षेत्रमा




भेषराज पाण्डे
कपिलवस्तु ३ चैत । कपिलवस्तुकालागि सुखद सन्देश प्राप्त भएको छ । बिश्वकै अग्लो बुद्धमुर्ति सहितको अन्तराष्टिय स्तरको आधुनिक वौद्ध पार्कका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय बिष्णु पन्थीको निरन्तरको पहल र प्रयासको उपलब्धि स्वरुप कपिलवस्तु नगरपालिका वडा नं ९ र ६ को भौगोलिक क्षेत्रमा बिश्वकै अग्लो बुद्धमुर्ति सहितको आकर्षक अन्तरास्ट्रिय बौद्ध पार्क बन्ने गरि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
कपिलवस्तु नगरपालिका र अन्तराष्ट्रिय बौद्धिष्ट सेन्टर नेपाल बिच उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका अध्यक्ष चेओङ्ग क्वी सेङ्ग स्टेवार्ड र नेपाल प्रतिनिधी मोहन गौतमले हस्ताक्षर गर्नुभएको छ ।

स्वास्थ्य मन्त्री बिष्णु पन्थीको प्रमुख आतिथ्यतामा भएको सहमति हस्ताक्षर अनुसार कपिलवस्तु नगरपालिकाले वडा नं ९ को जरलैया केवलपुर रवडा नं ६ को सग्रहवा क्षेत्रमा ३९ हेक्टर नदी उकास जग्गा नेपाल सरकारको तर्फवाट सबै कानुनी प्रकृया पुरा गरि बौद्धिष्ट सेन्टरलाई उपलब्ध गराउने उल्लेख छ
यसैगरी अन्तराष्ट्रिय बौदिष्ट सेन्टर नेपालले चिन ,मलेसिया र हङकङका सेन्टरमा आवद्ध लगानीकर्ता मार्फत बिश्वकै अग्लो बुद्धमुर्ति सहितको आकर्षक अन्तरास्ट्रिय बौद्ध पार्क निर्माण गर्नेछ । पार्क आसपासमा पर्यटनका अन्य पूर्वाधार वहु उदेश्यिक भवन ,पार्किङ स्टेशन ,विधुतिय गाडी चार्जिङ स्टेशन ,होटल सहितका मनोरम स्थल ,ध्यानकेन्द्र लगायतका आधारभूत संरचना समेत वनाउने छ । विभिन्न मुलुकवाट श्रोत लिनु अघि नेपाल सरकारको आधिकारीक स्वीकृति लिने गरी सो क्षेत्रमा करिव ३० अर्वका विभिन्न संरचना वनाउने प्रारम्भीक लक्ष्य अन्तराष्ट्रिय बौद्धिस्ष्ट सेन्टरको रहेको छ ।
एमओयूमा हस्ताक्षर समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बिष्णु पन्थीले आफूले यो परियोजनालाई सफल तुल्याउन तीनवटै तहका सरकारबीच पुलको काम गर्दै अन्तराष्टिय समुदायलाई लगानीकालागि उचित वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । सो अवसरमा अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका अध्यक्ष चेओङ्ग क्वी सेङ्ग स्टेवार्डले बुद्धको जन्म र कर्मभूमीमा लगानी लगाउन विश्वभरका बौद्ध अनुयायीहरु अवसरको प्रतिक्षामा रहेको वताउनु भयो । हामी लक्ष्य अनुसारको काम तोकिएको समयमै गर्नेछौं उहाले भन्नु भयो ।
नगर प्रमुख सुदिप पौडेलले आफूले नसोचेको ठूलो अवसर नगरभित्र आएको भन्दै यो अवसर दिलाउने मन्त्री पन्थीलाई आभार प्रकट गर्नु भयो । अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका अध्यक्ष स्टेवर्ड र नेपाल प्रतिनिधी गौतम प्रति समेत कृतज्ञता प्रकट गर्नु भयो ।
सो समारोहमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठीले बोल्दै नेपालमा बौद्ध सम्पदाको क्षेत्रमा आउने लगानीकालागि सरकारले उचित वातावरण बनाएर यो काम पुरा गरेमा यसले नेपालकै सिंगो पर्यटनको स्तर उच्च पार्ने वताउनु भयो । कार्यक्रममा प्रदेश सांसद मधुसूदन शरण चौधरी, चीन, हङकङ, मलेसिया लगायत देशका प्रतिनिधिहरु, जिल्ला समनवय प्रमुख बाबुराम आचार्य, जिल्लाका राजनितिक दल एमालेका अध्यक्ष डम्मर शर्मा ,माओवादी केन्द्रका अध्यक्ष विष्णु बेल्वासे , जसपाका नेता अब्दुल रसिद खाँ ,राप्रपाका अध्यक्ष नरायण बहादुर सिंह ,शिवराज नगरका मेयर अजय थापा ,सहायक प्रजिअ अनिल पौडेल लगायतको उपस्थिती थियो ।
विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुखर उपप्रमुखर कपिलवस्तुका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ,पत्रकार महासंघका अध्यक्ष किरण बज्राचार्य पूर्व अध्यक्षहरु भेषराज पाण्डे मनोज पौडेल मन्त्री पन्थीका स्वकिय सचिव भिष्मराज भुसाल र हरी अधिकारी लगायतको सहभागिता थियो । डा. गिरी पन्थीको सहजीकरण र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि ज्ञवालीको स्वागतबीच भएको समारोहमा अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका अध्यक्ष चेओङ्ग क्वी सेङ्ग स्टेवार्डलाई प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री जानकी प्रसाद यादवका तर्फवाट प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।सो समारोहमा चिनका प्रसिद्धी कमाएका धर्मगुरुहरुको उपस्थिती थियो ।समारोहमा लिटिल स्टार बोडिङ स्कूल ओदारी र ज्ञानपुञ्ज बोडिङस्कूल बैरीया विधार्थी कलाकारले नेपालको सस्कृतिको रोचक प्रस्तुती दिएका थिए ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६