खेलकुद

भारतसँगको दृष्टिविहीन महिला क्रिकेटमा नेपाल ८ विकेटले विजयी, विनिता बनिन् शतक पूरा गर्ने खेलाडी



पोखरा, १२ वैशाख । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेकी छन् ।

नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुइपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्घाटन नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको भारतले नेपाललाई १७३ रनको लक्ष्य दियो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीकी गंगौभाले अर्धशतक पूरा गरेकी थिइन् । उनले आफ्नो टिमका लागि सर्वाधिक ७१ रन बनाएकी थिइन् । १७३ रनको लक्ष्य नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाए । प्लेयर अफ द म्याच भएकी बिनिता पुनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् ।

मंगलबार देखि सुरु भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा र बाँकी ३ खेल काठमाडौंको मूलपानीमा हुनेछन् ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६