पर्यटन

नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी घुम्ती बस सेवा सञ्चालन हुँदै

परीक्षणका लागि दुईवटा साझा बस केही दिन निस्शुल्क सञ्चालन गर्ने तयारी



९ जेठ, काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । ‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् । परीक्षणका लागि दुईवटा साझा बस केही दिन निस्शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् । यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६