स्वास्थ्य

यसरी जोगाऔ बालबालिकालाई तातो हावा र लु बाट ?



जेठ १९, काठमाण्डौ – बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई तातो हावा र लु बाट जोगाउन आग्रह गरेको हो । बालबालिकाको साथमा पानीको बोत्तल सधैँ राख्न र उनीहरुलाई कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा खुवाउन भनिएको छ ।

यस्तै, हल्का रङको सुतीका कपडा लगाउन, टाउको ढाक्न टोपी वा छाताको प्रयोग गर्न, पत्रु खाजा अर्थात् जङ्क फुड नखान र दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म ननिस्कन प्राधिकरणको सुझाव छ । यदि, बालबालिकालाई रिँगटा लागे, वान्ता भए, धेरै टाउको दुखे वा श्वास फेर्न गाह्रो भए तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकी लैजान पनि सुझाव दिइएको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६