ब्रेकिंग न्युज

आर्थिक अभावले स्तन क्यान्सरको उपचार नपाएकि बिष्णु परियार



कपिलवस्तु, २४ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिका उत्तमनगर (उप्टहवा) निवासी बिष्णु परियार, जस्ले आर्थिक अभावका कारण स्तन क्यान्सरको उपचार पाउनुभएको छैन । करिव १ बर्ष देखि आर्थिक अभावका कारण स्तन क्यान्सर रोगबाट पिडित परियार परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । २०७९ सालमा बुटवल चेकजाँच गरि क्यान्सर रोग लागेको अस्पतालले जानकारी दिए पछि उपचार गर्दा करिव ६/७ लाख खर्च भईसक्यो आर्थिक अभावका कारण अब उपचार गर्न आर्थिक स्थिती नभएको क्यान्सर पिडित परियारले बताउनुभयो ।

बुटवल उपचार पछि किम्मो चढाई औषधी सेवन मार्फत रोग निको हुन्छ भन्ने आशमा भएको सबै पैसा खर्च भयो अब अप्रेसन गर्ने अवस्थामा आर्थिक अभावका बिच निकै कठोर जिवन बिताएको क्यान्सर पिडित परियारका श्रीमान खुम बहादुुर परियारले बताउनुभयो ।

उत्तमनगरको सुकुम्वासी वस्तीमा बसोवास गर्ने परियारसंग सम्पति बेचेर उपचार गर्न न जग्गाको लाल पुर्जा छ त न आर्थिक स्रोत ।

४ जना छोरीहरु साथमा छन् आमा नै क्यान्सर रोगबाट पिडित भए पछि उनीहरुको अध्ययनमा समेत निकै गाह्रो भएको छ । पिडित परियार भन्नुहुन्छ, ‘गाउँका अन्य व्यक्ति विरामी हुंदा समाजमा चन्दा उठाएर भए पनि उपचार गर्न सहयोग गरेकी थिए, अहिले आफैलाई आपत पर्दा सहयोग गर्ने कोहि छैन’ ।

भरतपुर क्यान्सर अस्पतालले अप्रेशनका लागि ३/४ लाख लाग्ने बताए पछि परियार परिवार अहिले सबैसंग आर्थिक अभावको अपिल गरेको छ । सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ संस्थाले मोवाईल नम्बर ९८४३६९१९८४ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६