अर्थ-वाणिज्य

कपिलवस्तु र अर्घाखाँचीमा पशु जाँच प्रयोगशाला




कपिलवस्तु २० असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०–८१ मा बजेट नै छुट्याएर यो कामको सूरुवात गर्न लागेको छ । आगामी आवमा एकै पटक १ सय ६१ पालिकामा पशु जाँच प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन भएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालका निजी सचिवालयका पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिनुभयो ।
बुढाका अनुसार ७ प्रदेशबाट हरेक प्रदेशका २ जिल्लाका पालिकामा पशु जाँच प्रयोगशाला स्थापना हुनेछ । १४ जिल्लाका १ सय ६१ पालिकाका लागि ६ लाखका दरले मन्त्रालयले बजेट विनियोजन गरेको छ । तीन वर्षभित्र ७ सय ५३ वटै पालिकामा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी छ । पहिलो चरण अन्तर्गत लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची, कर्णाली प्रदेशको दैलेख र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बैतडी र कन्चनपुर जिल्लाका सबै पालिका समेटिएका छन् ।कोशी प्रदेशको इलाम र सुनसरी, मधेस प्रदेशको रौतहट र सर्लाही, बागमती प्रदेशको काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको तनहुँ र पर्वत, कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले पशुधनको संरक्षण गरी पशुजन्य पदार्थको उत्पादनमा सहयोग गर्ने बताउनुभयो ।साथै पशु स्वास्थ्य सुरक्षामा पनि यसले सघाउने उहाँको विश्वास छ ।

अहिले प्रयोगशालाको अभावमा अधिकांश पशुपालक किसानले अनुमानको भरमा पशुको औषधि उपचार गर्दैआएका छन् । मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले नौलो प्रयोगको रुपमा हरेक पालिकामा प्रयोगशाला स्थापना गर्न लागेको छ । पशुमा देखिने सामान्य रोगको जाँच हुन नसक्दा अन्धाधुन्ध औषधि चलाउने प्रवृत्ति रहेको मन्त्री भुसालको बुझाइ छ । अब यो प्रयोगशाला निर्माणपछि त्यो समस्याको अन्त्य हुनेछ, उहाँले भन्नुभयो । पालिकाले पशुजाँच प्रयोगशालाका लागि चाहिने उपकरण आफै खरिद गर्न सक्नेछन् । माइक्रोस्कोप, रिएजेन्ट (चेक जाँच गर्ने रसायन), प्रयोगशालामा प्रयोग हुने उपकरण खरिद हुनेछ । पालिकाका कृषि तथा पशु विकास शाखामार्फत यसको काम हुने जनाइएको छ ।

प्रकाशित : २० असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६