अर्थ-वाणिज्य

चरेशका भरिया ११ महिला पक्राउ




कपिलवस्तु १३ साउन । चरेश ओसार पोसारमा महिलाको बिकट पहाडी जिल्लाका बिपन्न महिलाहरुलाई प्रयो गर्ने गरिएको पाइएको छ । अशिक्षित, बिपन्न र आर्थिक अवस्था कमजोर भएको महिलालाई प्रलोभनमा पारेर चरेश ओसार्न महिलाहरुको प्रयोग गरेको प्रहरी अनुसंधानले देखाएको छ । गत बैशाख २६ गते नेपालबाट भारत तर्फ लैजादै गरको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत पक्राउ परे ।

धादिङ खनियाबास गाउँपालिका–५ की ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ की ५९ वर्षीया सेती तामाङ चरे सहीत पक्राउ परे । उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५÷५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारेका थियो ।गत जेठ ४ गते शिबराज नगरपालिका वडा नम्बर ९ बनियाभार लक्करबन्दी ३५ बर्षिया हरि कुमारी रोका (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेश र ११६ ग्राम गाँजा सहीत पक्राउ परिन । प्रहरीले बिशेष सुराकीको आधारमा उनको घरमा छापा हानी सो लागु औषध सहीत भारतिय र नेपाली दरको बिभिन्न नोट र गह गहना समेत बरामद गरेका थियो ।

माथीका दुई घटनामा चरेस ओसारपोसारमा महिलाको प्रयोग गरिएको छ । आर्थिक बर्ष २०७९/८० मा ११ जना महिला लागु औषध चरेशको ओसारपोसार गरको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आर्थिक स्थित कमजोर भएका रुकुम, रोल्पा सल्यान, दाङ लगायका पहाडी जिल्लाहरुमा रहेका महिलाहरुलाई प्रलोभनमा पारी चरेश ढुवानीमा प्रयोग गर्दै आएको हुन । चरेश ढ्वानीमा महिलाहरुको प्रयोग बढदै गएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए ।
भरियको प्रयाग गरेर पहाडी जिल्लाबाट जिल्लाको शिवराज नगरपालिको शिवगढी क्षेत्रमा चरेश ल्याईने गरिएको पक्राउ परेका भरियाहरु बताउछन । कारोवारीहरुले भरिया कै प्रयोग गरी भारतको लखनउ लगातयका बिभिन्न स्थानमा पु्रयाएने गरिएको छ । बर्षौ देखि चरेशको यसरी अबैध ओसारपसार हुदै आएको छ । चरेशको निकासी बढेको सुराकी पाए पछि प्रहरीले चरेश निकासीको जालो तोडन अभियान संचालन गरेको जनाएको छ । ‘ हामीले पनि चरेश निकासी हुने रुट पत्ता लगाउदै अभियान चलाएका हौ ’ । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए । गत आर्थिक बर्ष लागुऔषधको कारोवारमा १ जना १० जना मानिस पक्राउ परेका छन ।

प्रकाशित : १३ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६