जीवनशैली

लुम्बिनी विकास कोषको कार्यालय काठमाडौँमा खोल्ने निर्णयको चौतर्की विरोध :कार्यान्वयन नहुने उपाध्यक्ष लामाको दाबी



भैरहवा २७ साउन । लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको चौतर्र्की रुपमा विरोध त सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको विरोध गरेको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सो निर्णयको विरोध गरेको हो ।लुम्बिनी विकास कोषको शुक्रबारको बैठकले कोषको कार्यालय काठमाडौँमा पनि स्थापना गर्ने निर्णय गरेको थियो । विज्ञप्तिमा बुद्ध जन्मस्थल लुम्बिनी र त्यस वरपरका बौद्ध सम्पदाको विकास, प्रवर्द्धन, संरक्षण एवं प्रचारप्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारात्मक निर्णय नलिन लुम्बिनी विकास कोषसँग माग गरिएको छ ।

‘काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन,’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भनेका छन्, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीदेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ ।’ उनले उक्त निर्णयलाई तत्काल सच्याउन समेत माग गरेका छन्। सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीलाई अन्येलमा पार्ने आफूहरुको ठम्याइ रहेको उनको भनाइ छ ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६