पाल्पा २८,साउन। नेकपा (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा तानसेन नगरपालिकाका पूर्व मेयर अशोक कुमार शाही चयन हुनुभएको छ ।पार्टी जिल्ला बैठकले रिक्त अध्यक्षमा अशोक कु. शाही, उपाध्यक्षमा मोहनलाल गैरे महिला उपाध्यक्षमा बिनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल, उपसचिवमा कमल सेन, उपसचिवमा कमल रायमाझीलाई चयन गरेको हो ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष सोम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघिका जिल्ला अध्यक्ष कमल पाण्डेयको हृदयघातका कारण निधन भएको थियो ।बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पूर्व प्रदेश सभा सदस्य रमा घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया