खोज–अनुसन्धान

एमालेको राजनीतिमा फर्कनचाहे बिधालाइ सधै स्वागत :ओली




विराटनगर१० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका छन् । कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई एमालेमा सधैँ स्वागत रहेको बताए ।
ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’पार्टीमा काममा सक्रिय हुने चाहना देखाए कसैले निषेध नगर्ने ओलीले बैठकमा नेता-कार्यकर्तामाझ प्रष्ट्याएका छन् ।
उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुपर्‍यो । उहाँलाई सधैँ वेलकम छ’, ओलीले भने ।एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताएका छन् । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उनले बताए ।‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन,’ ओलीले भने ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६