कपिलवस्तु ८ मंसिर
कपिलवस्तुमा सफल युवा व्यवसायी आशिष शर्मा जिल्लाकै सर्वाधिक कर तिर्ने करदाता बनेका छन्। राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा जिल्लामै सबैभन्दा बढी कर दाखिला गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले शर्मालाई सम्मान गरेको हो । एग्रीवस्तु कोल्ड स्टोरेजका सञ्चालक समेत रहेका शर्माले राज्यको राजस्व संकलनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।कर दिवसका अवसरमा आयोजित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुखले शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।व् यवसायसँगै राज्यको आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएका शर्माको सम्मानले निजी क्षेत्रलाई नियमित र इमानदारीपूर्वक कर तिर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । करदाताको सम्मानले करप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धिमा समेत सकारात्मक सन्देश दिएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया