कर्णाली

एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा र कर्णालीमा शाह विजयी



काठमाण्डौ, १६ असोज । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ ।

कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभयो । खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुँदा शैलेश लामाले ३ सय ८१ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ । उपसचिवका अर्का उम्मेदवार खेम नेपालीले ३ सय ९८ मत ल्याउनुभयो ।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो ।

अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रविन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६