कोशी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने



काठमाण्डौ, २९ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासको मत लिन लाग्नुभएको हो ।

कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधवार नै विश्वासको मत लिन लाग्नुभएको हो ।

कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उहाँले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो । यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६