प्रदेश

मंसीर २८ गते अखिल (क्रान्तिकारी) को २१ औ जिल्ला सम्मेलन



तौलिहवा, १४ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलबस्तुको २१ औं जिल्ला सम्मेलन मंसिर २८ गते हुने भएको छ । अखिल (क्रान्तिकारी) को पदाधिकारी संगठनका जिल्ला अध्यक्ष एवम केन्द्रिय सदस्य हरिश चन्द्र खनालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।


बैठकले संगठनलाई पार्टीको ३ महिने अभियानसँग जोडिएर साँगठनिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको अभियान संगसगै संगठन सुदृढीकरण एवम संगठन विस्तार गर्दै सदस्यता वितरण गर्ने भएको छ । बैठकले संगठनको २१ औ जिल्ला सम्मेलन २०८० साल मंसीर २८ गते जिल्ला सदरमुकाम तौलिहवा स्थित कपिलबस्तु नगरपालिकाको सभाहलमा गर्ने निर्णय भएको संगठनका जिल्ला उपाध्यक्ष विजय पौडेलले जानकारी दिइएका छन् ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६